आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

घुस लिएको अभियोगमा वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

घुस लिएको अभियोगमा वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सडक निर्माणकार्य सम्पन्न सिफारिश गरिदिएबापत सेवाग्राहीसँग ७० हजार घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनीहरुलाई पक्राउ गरेको थियो ।

आयोगले उनीहरुविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend