logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आफ्नै साथीको हत्या गरेको आरोपमा भोजपुरमा ६ जना पक्राउ

    आफ्नै साथीको हत्या गरेको आरोपमा भोजपुरमा ६ जना पक्राउ

    1.5K
    Shares
    आफ्नै साथीको हत्या गरेको आरोपमा भोजपुरमा ६ जना पक्राउ

    भोजपुर । आफ्नै साथीको हत्या गरेको आरोपमा भोजपुरमा ६ जनालाई पक्राउ गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको हत्या गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    घटना गत शुक्रवार भए पनि हिजो मात्रै सूचना पाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

    हिजो आफन्तले प्रधान हराएको भन्दै खोजीका लागि उजुरी दिएका थिए । उनका अनुसार ज्यान गुमाएका प्रधानको शव अखुवा खोला बगरभित्र खनेर गाँडेको अवस्थामा फेला परेको छ ।

    प्रधानको हत्या गरी शव पुरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले उनीहरुलाई गएराति भोजपुरकै विभिन्न ठाउँबाट पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend