logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

    सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

    1.4K
    Shares
    सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन् ।

    सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरे । उनले जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्यनिर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरुसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा जोड दिए ।

    उनले पुरस्कृत प्रतिभाहरुको प्रेरणाबाट यस क्षेत्रमा लागिरहनुभएका अन्य श्रष्टाहरुलाई पनि आफ्नो आफ्नो क्षेत्र तथा विधाबाट राष्ट्रलाई योगदान गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनाशिलताले देशको सर्वोपरी विकास समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने बताए ।

    उनले भने, ‘राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनाशिलताले देशको सर्वोपरी विकास समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्दछ । यो पुरस्कारबाट पुरस्कृत प्रतिभाहरुको प्रेरणाबाट यस क्षेत्रमा लागिरहनुभएका अन्य श्रष्टाहरुलाई पनि आफ्नो आफ्नो क्षेत्र तथा विधाबाट राष्ट्रलाई योगदान गर्न प्रोत्साहन मिल्नेछ । जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्यनिर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरुसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा सायदै कसैको विमति नहोला । समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत यहाँहरुबाट महत्वपूर्ण योगदान हुनेछ ।’

    प्रधानमन्त्री दाहालले पुष्पलालले नेपालको राजनीतिक आन्दोलन मात्र नभइ सिंगो देशको आन्दोलनमा समेत विशिष्ट योगदान गरेको बताए । पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० बाट कमलप्रसाद कोईराला, डा. बालचन्द्र मिश्र र गोपालप्रसाद थपलियालाई सम्मान गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend