सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रचण्डको एमालेलाई प्रश्न: संसदमा स्पष्टीकरणको मौका पनि नदिनुपर्ने हो ?

प्रचण्डको एमालेलाई प्रश्न: संसदमा स्पष्टीकरणको मौका पनि नदिनुपर्ने हो ?

sf7df8f}F, @^ k';M k|d bfxfn–;f+;bsf] lh1f;fsf] hjfkm lbFb} k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7sdf ljZjf;sf] dt lbg cfu|xkl5 ;f+;bx¿n] /fv]sf lh1f;fsf] hjfkm lbg'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई स्पष्टीकरणको अवसर समेत नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर सदन अवरुद्ध गरेको थियो ।

सोमबार कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीचको सहमतिपछि संसद खुलेपछि प्रधानमन्त्रीले स्पष्टीकरण दिने क्रममा प्रधानमन्त्रीले एमालेलाई प्रश्न सोधे, ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा ? के त्यही स्तरको हो त्यो (मेरो अभिव्यक्ति) ?’

प्रचण्डले अघि सोधे, ‘के मैले सम्मानित संसद अगाडि उभिएर भन्न पाउनुपर्दैन ? किन ३ दिन संसद अवरुद्ध गरियो मैले बुझ्न सकेको छैन ।’ उनले भने ।

उनले प्रतिपक्षले राजीनामा माग्नेवित्तिकै दिनुपर्ने हो भन्ने प्रश्न समेत गरेका छन् । ‘यही हो लोकतान्त्रिक विधि र परम्परा ?के प्रतिपक्षले प्रश्न उठाउने वित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ?, संसदमा स्पष्टीकरणको मौका पनि नदिनुपर्ने हो ?’ उनले भने ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend