सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण: भावना आएर बोलियो, त्यसो नभएको भए हुन्थ्यो

प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण: भावना आएर बोलियो, त्यसो नभएको भए हुन्थ्यो

sf7df8f}F, @^ k';M k|d bfxfn–;f+;bsf] lh1f;fsf] hjfkm lbFb} k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7sdf ljZjf;sf] dt lbg cfu|xkl5 ;f+;bx¿n] /fv]sf lh1f;fsf] hjfkm lbg'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिमा आफ्नो कमजोरी रहेको स्वीकार गरेका छन् ।

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिका कारण नेकपा एमालेले सदन अवरुद्ध पारेपछि उनले सोमबार स्पष्टीकरण जवाफ दिँदै प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर आफूले दिएको अभिव्यक्तिमा कमजोरी भएका हुन् ।

आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यसक्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको प्रचण्डले बताए ।

सरदार सिंहले प्रधानमन्त्री तपाईं नै हुनुपर्छ भनेको भन्दै उनले भने, ‘उहाँले भनेर प्रधानमन्त्री हुनेवाला पनि थिएन, मैले प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि भएन ।’

अहिले सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको उनले बताए ।

‘यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यति त प्रचण्ड भयो अब गर्नुहुन्छ के ?’ प्रचण्डले अघि भने, ‘थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनें ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोल्नुपर्ने स्वीकार गर्दै उनले भने, ‘तर म त्यो दिन प्रधानमन्त्री भएर बोलिनँ । म ज्ञानुको बुबा भएर बोल्न पुगें । त्यो सेन्टिमेन्ट सम्झिन पुगें । प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगें ।’ उनले भने ।

उनले स्वभावजन्य भावुकताका लागि आत्मसमीक्षा गरेको समेत उनको भनाई छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend