मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएका सञ्चार सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज बुधवार सुनुवाइ गर्दै २४ घण्टाभित्र बन्दीलाई हाजिर गराउन आदेश दिएको हो ।

२४ असारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललितानिवास जग्गा अनियमितता प्रकरणमा सचिव राउतलाई पक्राउ गरेपछि उनलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend