logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • नेपालबाट चीनमा घाँस निर्यात सुरु, गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन

    नेपालबाट चीनमा घाँस निर्यात सुरु, गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन

    4.5K
    Shares
    नेपालबाट चीनमा घाँस निर्यात सुरु, गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन

    चितवन । चितवनबाट पहिलो पटक चीनमा पशुपालनका लागि उपयोगी (हाइलेज) घाँस निर्यात सुरु भएको छ । नेपालबाट आधिकारिक रुपमा चितवनको भरतपुरबाट चीनमा (हाइलेज) घाँस निर्यात सुरु भएको हो ।

    छिमेकी मुलुक चीनमान (हाइलेज)  घाँस निर्यात नेपालको कृषि क्षेत्रमा क्रान्ति सुरु भएको विज्ञहरुले बताएका छन् । चितवनको भरतपुरमा उत्पादित प्याकिङ् घाँस ‘साईलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुषाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरेका थिए ।

    सो अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालबाट चीन तर्फ साईलेज निर्यातको सुरुआत हुनु सुखद कुरा भएको बताएका छन् । उनले नेपाल सरकार र चीन बिच २०२२ मा भएको सम्झौता अनुसार साईलेज निर्यात गर्ने कामको सुरुआता भएको र यसले नेपाल र चीन बिचको सम्बन्ध सदृढका साथै नेपाल र चीन बिचको व्यापार विस्तार हुने दावी गरे ।

    उपप्रधानमन्त्री श्रेष्ठले समृद्धिका निम्ति हाम्रो देशले व्यापार घाटामा कमी ल्याउनु पर्ने र निर्यातलाई प्रर्वद्धन गर्नु पर्ने बताए । उनले व्यापार घाटा कम गर्न भाषण गरेर मात्र हुदैन गुणस्तरीय उत्पादनमा बृद्धि र आयात प्रतिस्थापन गर्ने र निर्यातमा बृद्धि गर्ने तर्फ ध्यान दिनु पर्ने बताए ।

    उक्त अवसरमा साईलेज लोड गरेको १० वटा ट्रकलाई रिबन काटेर चीन तर्फ पठाईएको थियो । करीब ८० टन साईलेज चीनको सिगाचेमा पठाएको छ । करीब ३ बर्षको प्रयास पछि नेपालको घाँस साईलेज चीन पठाउन सफल भएको हो ।

    चिनिया व्यवसायीको लगानीमा चितवनमा हाल मकैको साईलेज उत्पादन हुदै आएको छ । पहिलो चरणमा ३ हजार मेट्रीक टन हेलेज उत्पादन गरेको कम्पनीले जनाएको छ । उक्त अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री बेदुराम भुषालले नेपालबाट घाँस निर्यातले कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने दावी गरेका छन् ।

    उनले नेपाल जस्तो कृषि प्रधान देश नेपालमा १० हजार हेक्टर जमिन बाझो रहनु दुखद भएको बताउदै उक्त बाझो जमिनलाई सदुपयोग गरी घाँस मात्र उपादन गर्न सके निर्यात गरेर आम्दानी लिन सकिने बताए।

    उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल चीनको ईतिहास पुरानो भएको नेपालबाट चीन घास निर्यातले चीन र नेपालको समबन्ध सुधारका साथै व्यापार विस्तार हुने बताए ।

    हाल मकैको घासबाट हेलेज उत्पादन गर्दै आएको नेपाल होरिजन ईन्टरनेसनले नेपियर अम्रिसो काँस र बन्सो घासबाट पनि हेलेज उत्पादन गरेर चीन तर्फ पठाउने लक्ष्य रहेको कम्पनीका सिईओ छाङले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend