logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • चीनको हाङ्झोउमा असोज ६ देखि एसियाली खेलकुद आयोजना हुने, प्रधानमन्त्री प्रचण्ड जाने

    चीनको हाङ्झोउमा असोज ६ देखि एसियाली खेलकुद आयोजना हुने, प्रधानमन्त्री प्रचण्ड जाने

    819
    Shares
    चीनको हाङ्झोउमा असोज ६ देखि एसियाली खेलकुद आयोजना हुने, प्रधानमन्त्री प्रचण्ड जाने

    काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङ्झोउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागी हुन जानेका छन् ।

    २०६६ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा सहभागी बनेका प्रचण्ड यस पटक हाङ्झोउमा एसियाली खेलकुदको १९औँ संस्करणमा सहभागी हुने भएका हुन् ।

    नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनसँग इटलीमा रहेका प्रधानमन्त्री दाहालले आइतबार भर्चुअल छलफल गरेका छन्। तीन दिने नेपाल भ्रमणमा आएका युआनसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले एसियाली खेलकुदका दौरान चीन आउने बताएको प्रधानमन्त्री निकट स्रोतले दाबी गरेको छ ।

    एसियाड आगामी सेप्टेम्बर २३ अर्थात् असोज ६ गते देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदैछ। यसअघि १९औँ एसियाली खेलकुद सन् २०२२ को सेप्टेम्बर १० देखि २५ तारिखसम्म चीनमै आयोजना गर्ने तय गरिएको थियो। तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले गर्दा प्रतियोगिता अवरुद्ध भएको थियो ।

    सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो पटक एसियाली खेलकुदको आयोजना भएको यस प्रतियोगितको १९औं संस्करणमा सहभागी हुन ४५ राष्ट्रका १२ हजार ५ सय खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन् । एसियाली खेलकुदमा आयोजक चीनका साथै थाइल्यान्ड, जापान, दक्षिण कोरिया, भारत, हङ्कङका करिव ६ सय खेलाडीको सहभागिता रहनेछ ।

    प्रतियोगिताका लागि हेइजाङका पाँचवटा सहआयोजक सहरमा ५४ वटा खेलस्थल तयार गरिएको छ । एसियाडका खेलहरू हाङ्झोउ,निङ्बो,वेनझोउ,हुझोउ, साओझिङ र जिनहुआ गरी ६ वटा सहरमा सञ्चालन हुनेछन्। उक्त प्रतियोगितामा नेपालले भने २९ वटा खेलमा आफ्नो सहभागिता जनाउँने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend