मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

कोशी सरकार गठनको विवादमा सुनुवाइ सकियो

कोशी सरकार गठनको विवादमा सुनुवाइ सकियो

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन पक्रियामाथि संवैधानिक प्रश्न उठाउँदै दायर गरिएको मुद्दामाथि सुनुवाइ सकिएको छ । अब मुद्दा बिहीबार सम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

दुवै पक्षको सुनुवाइ सकेपछि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखेको हो ।

लिखित जवाफ आइसकेको र मुद्दाको अंग पनि पुगेकाले सर्वोच्च अदालतले विहीबार अन्तिम आदेश जारी गर्ने सर्वोच्च स्रोतको दाबी छ ।

कोशी प्रदेश सरकार गठन गर्दा सभामुखको पनि हस्ताक्षर प्रयोग गरी संविधानको मर्म र भावना विपरित मुख्यमन्त्री बनाइएकोमा प्रश्न उठाउँदै एमाले नेता हिक्मत कुमार कार्कीले रिट निवेदनसहित सर्वोच्च पुगेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend