शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुन प्रकरणबारे एकीकृत समाजवादीले भन्यो– सरकारको अनुसन्धान सही बाटोमा छ

सुन प्रकरणबारे एकीकृत समाजवादीले भन्यो– सरकारको अनुसन्धान सही बाटोमा छ

काठमाडौं । सत्ता गठबन्धन दल एकीकृत समाजवादी पार्टीले क्वीन्टल सुन तस्करी प्रकरणमा सरकारले सही कदम चालिरहेको ठहर गरेको छ ।

समाजवादीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त पार्टीका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले सरकारको एउटा अंग कमजोर देखिएपनि अर्को अंगले तत्काल कारबाही थालेको भन्दै सुरुवाति गतिविधि सकारात्मक रहेको बताएका हुन् । तर बाहिर उठेका प्रश्नहरुको जवाफ थप अनुसन्धान र कारबाहीबाट दिनु पर्ने उनको भनाई छ ।

‘सुन काण्डकै सवालमा हेर्ने हो भने पनि सरकारको एउटा अङ्ग कमजोर भएको देखियो अर्को अङ्गले त्यसलाई तत्काल कारवाही गर्न सफल भएको देखियो । सरकारको यस्तो खालको गतिविधिलाई अध्ययन गर्ने, अनुसन्धान गर्ने र नियन्त्रण गर्ने सबै अङ्गहरु उत्तिकै चुस्त दुरुस्त हुनुपर्छ ।’ उनले भने ।

आम नागरिकले चाहे जस्तै भ्रष्टाचारी र तस्करी विरुद्ध राज्यले बलियो गरी खुट्टा टेक्नु पर्ने उनको भनाई छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend