आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नापी अधिकृतविरुद्ध १ करोडको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा

नापी अधिकृतविरुद्ध १ करोडको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेकोमा मुद्दा दायर गरेको छ ।

पुरीको १ करोड ४ लाख ३ हजार ४४१ रुपैयाँ ५२ पैसाको स्रोत नखुलेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा हालेको हो।

२०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका पुरीको २०७९ असारसम्म विभिन्न शीर्षकमा गरी २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ ५२ पैसाको हिसाब देखिएको तर उनको वैध आय १ करोड २० लाख ७७ हजार ७४८ रुपैया ६९ पैसा मात्र रहेको अख्तियारको दाबी छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा गैरकानुनी आर्जन गरेको देखिएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend