logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • पाँच वर्षीय बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा एक युवक पक्राउ

    पाँच वर्षीय बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा एक युवक पक्राउ

    6.6K
    Shares
    पाँच वर्षीय बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा एक युवक पक्राउ

    काठमाडौँ । भारतको केरलामा पाँच वर्षीय बालिकाको शव भेटिएको छ । हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार केरलाको एरनाकुलम जिल्लामा बालिकाको शव भेटिएपछि २९ वर्षका व्यक्तिलाई बलात्कार र हत्याको आरोपमा पक्राउ गरिएको छ । स्थानीय अदालतले अभियुक्तलाई १४ दिनको हिरासतमा पठाएको छ ।

    प्रहरीका अनुसार अभियुक्त अशफाक आलक मूल रूपमा बिहारका हुन् र घटनामा उनी एक्लैको संलग्नता छ ।

    रिपोर्टका अनुसार आइतबार बालिकाको शव अन्तिम संस्कारभन्दा अघि स्कुलमा राखियो जहाँ नेता र सामाजिक कार्यकर्तासमेत सयौँ जम्मा भए ।

    बालिकाको परिवारले शुक्रवार बालिका हराएको उजुरी दर्ता गरेका थिए, त्यसपछि अभियुक्त अशफाकलाई पक्राउ गरिएको थियो ।

    प्रहरीले भनेको छ, ‘यस्ता प्रत्यक्षदर्शी भेटिएका छन् जसले घटनाभन्दा एक घण्टा अघि अभियुक्तलाई बालिकासँग देखेका थिए ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend