शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

शंखरापुर नगरपालिकालाई एम्बुलेन्स सहयोग

शंखरापुर नगरपालिकालाई एम्बुलेन्स सहयोग

काठमाडौँ । काठमाडौं निवासी सुरेन्द्र जोशीले शंखरापुर नगरपालिकालाई एम्बुलेन्स खरिदको लागि रु.२५ लाख नगद सहयोग  गरेका छन् । निजको उक्त सहयोगको उच्च मुल्यांकन गर्दै नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी प्रशंसापत्र सहित सम्मान गरेको छ ।

जोशीको सहयोगबाट स्वास्थ्य उपचारजस्तो मानविय सेवालाई अझ सहज बनाई एम्बुलेन्सबाट बिरामीहरुलाई समयमै अस्पताल पुर्‍याउन सहज हुने नगरपालिकाले विश्वास लिएको छ ।

आफ्नो नगरको स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउन आफूले योगदान दिन पाएकोमा र सो कार्यक्रममा नगरपालिकाले सहजिकरण गरिदिएकोमा जोशीले आभार प्रकट गरे । कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend