आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कञ्चनपुरमा दुई जना मृत अवस्थामा भेटिए

कञ्चनपुरमा दुई जना मृत अवस्थामा भेटिए

कञ्चनपुर। कञ्चनपुरमा दुई जना मृतअवस्थामा फेला परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा बिहीबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शुक्लाफाँटा नगरपालिका–८ को धारापानीमा ४ वर्षीया बालिका पोखरीमा डुबेको अवस्थामा मृत फेला परेकी छिन् । स्थानीय राजेश धामीकी ४ वर्षीया छोरी अनु धामी मृत भेटिएकी हुन् ।

उनी हिजो (बिहीबार) साँझ घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीले बताएको छ । उक्त घटनाका सम्बन्धमाथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, कृष्णपुर नगरपालिका–२ को बाणीमा रहेको बन्दा नदीको बगरमा ३५ वर्षीय पुरुषको शव फेला परेको छ तर उनको अहिलेसम्म परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान इलाका प्रहरी कार्यालय झलारीले गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend