logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • प्रचण्डलाई जनार्दनको प्रश्न– ‘मैले तपाइँलाई कहाँ असहयोग गरेँ ?’

    प्रचण्डलाई जनार्दनको प्रश्न– ‘मैले तपाइँलाई कहाँ असहयोग गरेँ ?’

    6.1K
    Shares
    प्रचण्डलाई जनार्दनको प्रश्न– ‘मैले तपाइँलाई कहाँ असहयोग गरेँ ?’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जुनसुकै संकटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिँदै आईरहेको बताएका छन् ।

    तर कहिलेकाहीँ आँखा जुधाएर कुरा गरेकै कारण नेतृत्वलाई असहयोग गर्‍यो भनी प्रचार गर्ने गरिएकोप्रति असन्तुष्टि प्रकट गरे ।

    नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा जारी केन्द्रीय समिति बैठकमा शर्माले अध्यक्षले चाहेका बेला आफ्नो मतलाई समेत थाती राखेर काम गरेको उल्लेख गर्दै भने, ‘पछिल्लो समय स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर बाहिर बोल भनेपछि आफ्नो मत थाती राखेर भएपनि पालना गरेँ’ उनले भने ।

    ‘कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ, अध्यक्ष कमरेडले भन्नुपर्‍यो, कुन चाहिँ अप्ठ्यारो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनुभएन ?’  शर्माले भने ।

    तर विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा भने उठाएको बताउँदै शर्माले अगाडि थपे, ‘चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला ।’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend