logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भक्तपुरकाे खरिपाटीमा रहेकाे ‘नियाना मन्टेश्वरी’ अभिभावककाे राेजाइमा, यस्ता छन् राेजाइमा पर्नुका कारण

    भक्तपुरकाे खरिपाटीमा रहेकाे ‘नियाना मन्टेश्वरी’ अभिभावककाे राेजाइमा, यस्ता छन् राेजाइमा पर्नुका कारण

    8.4K
    Shares
    भक्तपुरकाे खरिपाटीमा रहेकाे ‘नियाना मन्टेश्वरी’ अभिभावककाे राेजाइमा, यस्ता छन् राेजाइमा पर्नुका कारण

    काठमाडौं । भक्तपुर चागुनारायण नगरपालिका–७ खरिपाटीमा सञ्चालित नियाना किन्डरगार्टेन प्रि–स्कुल छाेटाे समयमै अभिभावकाे राेजाइमा पर्न थालेकाे छ ।

    साढे २ वर्षअघि स्थापना भएको सो मन्टेश्वरीमा पी.जी., नर्सरी, एल.के.जी र यु.के.जी सम्मका साना नानीबाबुहरुले पढ्दै आएका छन् ।

    स्थापनाकालमा एक जनाबाट सुरु भएको सो मन्टेश्वरीमा क्रमशः बालबच्चा थपिन थाले । सस्तो शुल्क र पारिवारीक रुपमा बालबालिकासँग खेल्दै सिक्दै गर्ने अवधारणा अनुसार मन्टेश्वरीमा हाल ६२ जना बालबच्चा पढ्छन् ।

    छोरी नियाना खड्काबाट पहिलो पटक पढाइ सुरु गरिएकाले मन्टेश्वरीको नाम पनि नियानाकै नामबाट राखिएको मन्टेश्वरीकी प्रिन्सिपल सविता खड्का बताउँछिन् ।

    व्यवहारिक रुपमा अनुभवी शिक्षक शिक्षिका र प्रविधिको माध्यमबाट बालबालिकालाई पढाउने गरिएको खड्का बताउँछिन् । भएको पाठ्यक्रममै रहेर व्यवहारिक ज्ञानलाई प्राथमिकता दिइएको उनले बताइन् ।

    त्यतिमात्र होइन, मन्टेश्वरीले आर्थिक रुपमा विपन्न अभिभावकका बालबच्चालाई विशेष प्राथमिकता दिएर भर्ना गर्ने गरेको छ । ‘सस्तो शुल्कमा गुणस्तरीय सिकाइ र बालवच्चालाई खेल्दै सिक्दै गर्ने गरी पारिवारीक रुपमा हामीले पढाउँछौं ।’ खड्काले बताइन ।

    मन्टेश्वरीले छोटो समयमै धेरै अभिभावकको मन जित्न सफल भएको छ । साना नानीबाबुको उज्जवल भविष्य निर्माणका लागि व्यवहारिक ज्ञानमा जोड दिने गरेको खड्काको भनाइ छ ।

    मन्टेश्वरीले भक्तपुर क्षेत्र आसपास जस्तै सुडाल, सुर्यविनायक, भत्केकोपाटी, सल्लाघारी, सुविधानगरलगायतका क्षेत्रबाट बालबच्चालाई ल्याउने गरेको छ । बालबच्चालाई लिन र पुर्याउन मन्टेश्वरीको आफ्नै भ्यान छ । जहाँ २५ जनाभन्दा बढी बालबच्चालाई मन्टेश्वरीसम्म ल्याउन सहज भएको छ ।

    १८ महिनादेखि ७ वर्षसम्मका सबै उमेरसमुहका बालबच्चाले अध्ययन गर्दै आएका छन् । भविष्यमा अहिलेका मन्टेश्वरीलाई थप विस्तार गर्दै कक्षा ५ तहसम्म पुर्याउने लक्ष्य रहेको खड्काले बताइन् । उनले एक वर्षभित्र मन्टेश्वरीमा १०० जनाभन्दा बढी बालबच्चा पुर्याउने लक्ष्य रहेको बताइन् ।

    यता, संस्थाका प्रवन्ध निर्देशक कपिल खड्काले मन्टेश्वरीका गतिविधिलाई थप व्यवस्थित र मर्यादित बनाउँदै लगिने बताए । मन्टेश्वरीका शिक्षक शिक्षिका र बालबालिकाको वृत्ति विकासमा थप व्यवस्थित गरिने उनले बताए । मन्टेश्वरीले बालबच्चाको संख्यात्मक वृद्धि भन्दा गुणात्मक तथा सिर्जनशीलतामा जोड दिँदै गएको खड्काले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend