logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • सदनको अवरोध हटाउन सभामुखले बोलाए तीन शीर्ष नेताको बैठक

    सदनको अवरोध हटाउन सभामुखले बोलाए तीन शीर्ष नेताको बैठक

    1.6K
    Shares
    सदनको अवरोध हटाउन सभामुखले बोलाए तीन शीर्ष नेताको बैठक

    काठमाडौं । सङ्घीय संसद्को अवरोध फुकाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक डाँकेका छन् ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेतालाई सदनको अवरोध खोल्न सभामुख घिमिरेले पुनः आग्रह गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

    सभामुखले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ सहित प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा तीनै दलका प्रमुख सचेतक वा सचेतकलाई समेत बोलाएका छन् ।

    यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रुपमा भित्रिएको सुन बरामद प्रकरणबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ । राष्ट्रियसभाको बैठक पनि अवरुद्ध हुँदै आएको छ ।

    दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएकाले सो अघि सहमति कायम पहल गर्न खोजिएको हो ।

    निकासका लागि सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुई पटक टेलिफोन वार्ता समेत गरेका थिए भने प्रमुख सचेतक र सचेतकसँग विभिन्न चरणमा छलफल गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend