मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सुनसरीमा दादुराको खोप अभियान चलाइँदै

सुनसरीमा दादुराको खोप अभियान चलाइँदै

सुनसरी । सुनसरीमा साउन आज सोमबारदेखि दादुरा रुबेला विरुद्धको विशेष खोप अभियान संचालनमा ल्याइने भएको छ ।

विशेष अभियान अन्र्तगत सुनसरीमा ६ महिना देखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो ।

महामारीका रुपमा दादुरा फैलिएका जिल्लामा पूनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीमा विशेष खोप अभियान संचालनमा ल्याउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अभियानबारे स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाको उपस्थितिमा बैठक डाँकी जानकारी गराएको छ ।

बैठकमा दिइएको जानकारी अनुसार खोप अभियान सुनसरीको बर्जु गाउँपालिका बाहेकका अन्य ११ वटा स्थानीय तहमा संचालन हुनेछ ।

बर्जु गाउँपालिकामा भने फागुन महिनामा महामारीका रुपमा दादुरा फैलिए लगत्तै आकस्मिक खोप अभियान चलाइएकाले विशेष अभियानमा बर्जु बाहेकका अन्य स्थानीय तहमा खोप कार्यक्रम चलाउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताए ।

प्रसाईका अनुसार नेपाल सरकारको निर्णय बमोजिम दादुरा महामारी देखिएका ९ जिल्लाको हकमा विशेष खोप अभियान संचालन हुन लागेको हो । सोही अनुरुप सुनसरीमा समेत अभियान चलाउन लागिएको बताए ।

स्वास्थ्य कार्यालय सुनसरीले विशेष खोप अभियान विद्यालयमा केन्द्रित हुने जनाएको छ । पालिकामा रहेका सबै विद्यालयलाई केन्द्र बनाएर खोप लगाउने अभियानमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend