logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • क्विन्टल सुन तस्करी प्रकरणः आरोपितलाई थप सात दिन हिरासतमा राख्ने अनुमति

    क्विन्टल सुन तस्करी प्रकरणः आरोपितलाई थप सात दिन हिरासतमा राख्ने अनुमति

    2K
    Shares
    क्विन्टल सुन तस्करी प्रकरणः आरोपितलाई थप सात दिन हिरासतमा राख्ने अनुमति

    काठमाडौं । करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राखिने भएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जनालाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गर्दै म्याद थप गराएको हो ।

    जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जिल्ला अदालतले उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको जानकारी दिए ।

    सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले आइतबार अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई लगाएपछि थुनुवाहरुको म्याद जिल्ला अदालतको अनुमतिमा थप भएको हो ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट चेकजाँच पास गरी बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो ।

    सीआईबीले एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर यस मद्दामा छानबिन अघि बढाएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend