logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • काठमाडौँमा बिहानैबाट भारी वर्षा : अधिकांश करिडाेर ढुवानमा, ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौँमा बिहानैबाट भारी वर्षा : अधिकांश करिडाेर ढुवानमा, ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

    17K
    Shares
    काठमाडौँमा बिहानैबाट भारी वर्षा : अधिकांश करिडाेर ढुवानमा, ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यकाका भारी वर्षा भैरहेको छ । भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ ।

    निरन्तरको वर्षाले काठमाडौँको कालाेपुल, राताेपुल, सेताेपुललगायतका करिडाेरकाे बाटाे ढुवानमा परेकाे छ । अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएका छन् । काठमाडाैँकाे बाैद्ध, जाेरपाटी, नारयण्टार सडक खण्ड पनि जलमग्न भएकाे छ ।

    बाढी पूर्वानुमान महाशाखाले बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ । बाढीको सतह सतर्कताको तहसम्म पुगेको विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई र किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend