आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पेट्रोल पम्पमाआगलागी हुँदा रुसमा १२ जनाको मृत्यु

पेट्रोल पम्पमाआगलागी हुँदा रुसमा १२ जनाको मृत्यु

काठमाडौं । रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो ।

बीबीसीले केही बालबालिकासहित १२ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । केही गम्भीर घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

विष्फोटको कारण खुलेको छैन । स्थानीय सञ्चार माध्यमहरुले पेट्रोल पम्प नजिकै पार्किङ गरेको कारबाट आगलागी सुरु भएको पछि विष्फोट भएको जनाएका छन् ।

स्थानीय समयअनुसार राति ९ः४० बजेति सुरु भएको आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरुलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend