आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको ज्यान गयो, आफन्तले गरे पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको ज्यान गयो, आफन्तले गरे पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कैलाली । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

भीमदत्त नगरपालिका १० का ३६ वर्षीय दिनेश वडको हिजो (बुधवार) साँझ करिब ७ बजे करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

पसलमा सामान किन्न गएका वडको नजिकै झुन्ड्इएको तारबाट करेन्ट लागेर निधन भएको थियो । उनलाई करेन्ट लागे लगत्तै महाकाली प्रादेशिक अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

विद्युत् प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेको भन्दै मृतकका आफन्त तथा स्थानीय आन्दोलित भएका छन् । यस्तो लापरबाही गर्ने कर्मचारीलाई कारबाही तथा मृतकको परिवारलाई क्षतिपूर्तिको माग राखेका छन् ।

अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका–५ सुखासालमा सडक अवरुद्ध गरिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend