logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • एआईजी भण्डारीद्वारा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदभार ग्रहण (फोटो फिचर)

    एआईजी भण्डारीद्वारा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदभार ग्रहण (फोटो फिचर)

    2.9K
    Shares
    एआईजी भण्डारीद्वारा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदभार ग्रहण (फोटो फिचर)

    काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दिप भण्डारीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा पदभार ग्रहण गरेका छन् ।

    साउन ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरुवा भएका एआईजी भण्डारीले बुधबार प्रशिक्षण प्रतिष्ठानमा हाजिर भएर कार्यकारी निर्देशकको रुपमा पद सम्हालेका हुन् ।

    उनको स्वागतमा सम्मान गारदबाट सलामी अर्पण गरिएको थियो । साथै, स्वागत कार्यक्रम पश्चात प्रतिष्ठानको अर्पण सभाहलमा प्रतिष्ठानको विषयवस्तु सहितको संक्षिप्त प्रस्तुतीकरण प्रस्तुतिको कार्यक्रमको आयोजना गरिएको थियो ।

    सोहि कार्यक्रममा कार्यकारी निर्देशक एआईजी भण्डारीले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गरेका थिए । यसअघि उनी प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्सालमा कार्यरत थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend