सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

आजदेखि अदालतमा ललितानिवास प्रकरणका अभियुक्तहरूको बयान शुरू

आजदेखि अदालतमा ललितानिवास प्रकरणका अभियुक्तहरूको बयान शुरू

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा आजबाट बयान शुरू हुने भएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार अहिले न्यायाधीश ढकालले मिसिल अध्ययन गरिरहेका छन् । मिसिल अध्ययन सकिएपछि केहीबेरमा बयान शुरू हुने दाहालले बताए ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

मृत्यु भएका २१ जनालाई पनि वकिल कार्यालयले जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जना थुनामा छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend