सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

यामाहाका बाइक तथा स्कुटरको मूल्य बढ्यो, अब कति पर्छ ?

यामाहाका बाइक तथा स्कुटरको मूल्य बढ्यो, अब कति पर्छ ?

काठमाडौँ । यामाहाका बाइक तथा स्कुटरको मूल्यमा वृद्धि, मोडलअनुसार १० हजार रुपैयाँसम्म बढ्यो

काठमाडौं। यामाहा बाइक तथा स्कुटरको मूल्य बढेको छ। नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले मूल्य बढाएको हो।

कम्पनीले नेपाली बजारमा बिक्री भइरहेका यामाहाको बाइक तथा स्कुटरहरुमा १ हजारदेखि १० हजारसम्मले मूल्य बढाएको कम्पनीका सीइओ राजु क्षेत्रीले बताए।

उनका अनुसार एफजेड भी टु मोडलमा १० हजार रुपैयाँ मूल्य बढेको छ। यस्तै अन्य स्कुटर र इन्ट्री लेभलका बाइकको मूल्य भने २ हजारदेखि ५ हजारसम्मले बढेको उनले बताए।

एफजेडएस भी टु मोडलको नयाँ मूल्य ३ लाख ६४ हजार ९०० रुपैयाँ कायम गरिएको उनले बताए। यस्तै एफजेड भी टूको नयाँ मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।

कम्पनीले अहिले १० वटा मोडलको बाइक र ५ वटा मोडलका स्कुटरहरु बिक्री गर्दै आएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend