२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

दिन-दिनै कमजोर बन्दै नेपाली रुपैयाँ, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

शुक्रवार , भाद्र २२, २०८०

काठमाडौँ । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । यो संगै, अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य आज शुक्रबार (भदौँ २२ गते) हालसम्मकै उच्च भएको हो । शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ३४ पैसा पुगेको छ ।

अघिल्लो दिन बिहीबार अर्थात भदौँ २१ गते डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो । यस्तै २० भदौ बुधबार खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा थियो ।

लामो समयदेखि १३२ रुपैयाँकै वरीपरि रहेको अमेरिकी डलरको विनिमय दर गत बुधबारबाट पछिल्लो तीन दिन लगातार बढेको छ । यसअघि १ भदौमा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

नेपाल र भारतको स्थिर विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट