काठमाडौँ ।
डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जादै गरेको उक्त अटोरिक्सा गए राति दुर्घटना भएको हो ।
उक्त अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका छन्।
अटोरिक्सामा सवार वीरबहादुर कुँवर भने घाइते भएका र उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।