सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सिट्रोनको गाडी बुकिङ गर्नेले नाडा अटो शोमा २५ हजारको उपहार पाउने

सिट्रोनको गाडी बुकिङ गर्नेले नाडा अटो शोमा २५ हजारको उपहार पाउने

काठमाडौँ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सलेफेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ ।

नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

भृकृटीमण्डपमा भदौ २६ गतेदेखि सुरू भएको नाडा अटो शोमा प्रदर्शनमा राखिएको सिट्रोन सी–३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा समेत पाउन कम्पनीले जनाएको छ ।

त्यस्तै गरी सिट्रोनको विद्युतीय गाडी ई.सी–३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी निशुल्क कार वासर सुविधा समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । मंगलबारदेखि राजधानीमा शुरु १५ औं संस्करणको नाडा अटो, २०२३ आगामी आइतबार अर्थात् भदौ ३१ गतेसम्म चल्ने छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend