शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्‍याउन आवश्यक : राष्ट्रपति

राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्‍याउन आवश्यक : राष्ट्रपति

??????????? ?????????–? ???????????? ??????? ???????????? ?? ???? ??? ???? ???? ?????? ??? ??????? ?????? ???????? ???. ??????? ?????? ?? ??? ????? ????????? ????? ???????? ?????? ??????????? ??????? ????? ?????????? ????????? ????? ? ?????? ? ???? ????/????

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

आज भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा राष्ट्रपति पौडेलले देश निर्माणका लागि जीवन समर्पण गर्ने आदर्श, त्यागी र निष्ठावान् नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो । सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नुभन्दा समेत अस्वीकार गरेको पौडेलले स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गणेशमान सिंहलाई म सर्वमान्य नेताको रुपमा मान्छु । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुरयाउन सक्नुपर्छ । उहाँ देश निर्माणका लागि जीवन सर्मपण गर्ने आदर्श, त्यागी र निष्ठावान् नेता हुनुहुन्थ्यो ।’

पौडेलले प्रतीकसहितको गणेशमान पार्कले उहाँको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पु¥याउने विश्वास लिएको बताउनुभयो । उहाँले गणेशमानको समिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताउनुभयो । लोकतन्त्रलाई राज्य सञ्चालनको माध्यम मात्रै नभई जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाएको बाटोमा हिँड्नसक्नु उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाइ छ ।

पौडेलले गणेशमान जस्तो महापुरुषको नाममा स्थापना गरिएको एक सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्क व्यस्त जीवनशैलीका उपत्यकावासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्न सक्ने बताउनुभयो । यो पार्कलाई नेपालमा आउने पर्यटकहरूलाई नेपालको जानैपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न उहाँले आग्रह गर्नुभयो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend