logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • यसपालीको दसैँमा राष्ट्र बैंकले १८ हजार ५ सयसम्म नयाँ नोट साट्ने सुविधा दिने

    यसपालीको दसैँमा राष्ट्र बैंकले १८ हजार ५ सयसम्म नयाँ नोट साट्ने सुविधा दिने

    4K
    Shares
    यसपालीको दसैँमा राष्ट्र बैंकले १८ हजार ५ सयसम्म नयाँ नोट साट्ने सुविधा दिने

    काठमाडौँ । दसैँ, तिहार र छठका लागि राष्ट्र बैंकले हरेक वर्ष नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।

    यस वर्षका लागी नयाँ नोट वितरणका लागी हालसम्म मिति तय भएको छैन तथापि यो वर्षका लागि नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैङ्कका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैङ्कहरूबाट विवरण सङ्कलन भइरहेको छ ।

    नेपाल राष्ट्र बैङ्कले यस वर्षको दसैँका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैङ्कको तयारी छ ।

    विवरण सङ्कलन भइसकेपछि वितरणको काम सुरु हुने छ । नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ ।

    अघिल्ला दुई वर्ष पनि राष्ट्र बैङ्कले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो । बैङ्क तथा वित्तीय संस्थाहरूलाई भने उनीहरूको माग र ग्राहकको सङ्ख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी रहेको बैङ्क स्रोतको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend