सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

हुन्डाई कोना जीएल अब नेपाली बजारमा, कति पर्छ मूल्य ?

हुन्डाई कोना जीएल अब नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जीएल इलेक्ट्रिक कार नेपाली बजारमा ल्याएको छ।

कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहेको जनाएको छ। कोना इभीको इन्ट्री भेरियन्ट(जीएल ५९ लाख ९६ हजार र जीएल-एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ।

विद्युतीय गाडीको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले इलेक्ट्रिक मोडल कोनाको जीएल भर्सन ल्याएको हो।

नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन गरिएको छ। नयाँ कोनामा ड्राइभिङ रेन्ज पनि बढेको छ। सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी पनि परिमार्जन गरिएको कम्पनीले जनाएको छ।

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डेटाइम रनिङ लाइट तथा ठूलो साइजको टेल लाइट रहेको छ। कोना इलेक्ट्रिकलाई एक पटकको सिङ्गल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिनेछ भने यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ।

नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लू तथा डार्क नाइट जस्ता कलर अप्सनमा उपलब्ध हुनेछ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend