logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • ओलीको प्रश्न: दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मान्छे मार्नेको कैद कुन आधारमा मिनाहा गरियो ?

    ओलीको प्रश्न: दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मान्छे मार्नेको कैद कुन आधारमा मिनाहा गरियो ?

    2.1K
    Shares
    ओलीको प्रश्न: दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मान्छे मार्नेको कैद कुन आधारमा मिनाहा गरियो ?

    काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मान्छे मार्नेको २० वर्ष कैद मिनाहा गरेकोमा आपत्ती जनाएका छन् ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले उक्त कैद मिनाहाको सम्बन्धमा प्रश्न उठाएका हुन् । अदालतले जन्मकैदको फैसला सुनाएकालाई दुई चार वर्ष जेल बसेपछि छोडिन्छ’ अहिले ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ?’ ओलीले प्रश्न गरे।

    संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा २० वर्ष सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएका थिए ।

    त्यस्तै अध्यक्ष ओलीले गठबन्धन सरकार अनुत्तरदायि र गैर जिम्मेवार भएको बताएका छन् ।  वर्तमान सरकार स्वेच्छाचारी, विकास बिरोधी रहेको उल्लेख  गर्दै उनले अहिले विकासका कामलाई ठप्प पारिएको बताए । काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताए  ।

    ओलीले भने, ‘नेपाली काँग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धन कस्ता देखिएका छन् तपाई हामी सबैलाई थाहा छ । भन्न मिल्नु, नमिल्नु, सक्नु, नसक्नु, बेग्लै कुरा हो । यो सरकार चरम अनुत्तरदायी, गैर जिम्मेवार छ । यो सरकारका काम स्वेच्छाचारी देखिएका छन्, विकास बिरोधी देखिएका छन् । विकासका कामलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरु रोकिएका छन् । काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन । भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको छ । उनीहरुले ऋण तिर्न सकेका छैनन् । दिनुपर्नेलाई आफूले सामान लिएकाहरुलाई, लगाएका कामहरुमा भुक्तानी दिन सकिएको छैन ।’

    अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको बताए ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend