
काठमाडाैं – कम्यूनिष्ट सरकारमा सञ्चार बनेका गोकुल बास्कोटाका कारण सरकारको पटकपटक सरकारको बदनाम र आलोचन भएको तथ्य नयाँ हैन तर यतिबेला तिनै मन्त्रीले ७० करोड घुस मागेको अडियो रेकर्ड नै सार्वजानिक भएपछी जनताले दुई तिहाई दिएर जिताएको सरकार जनताका अगाडी लाजमर्दो भएको छ।
सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछी सरकारकै सर्वत्र आलोचना भएको छ ।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्रले बिभिन्न संचार माध्यमलाई बाडेका छन्।
मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।
हेर्नुहोस सुनौलो नेपालले प्राप्त गरेको गोप्य अडियो रेकर्ड
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend