logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • कानून तोड्दा बहादुरी र मान्दा नालायकी देखिने संस्कृति हाबी छः : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

    कानून तोड्दा बहादुरी र मान्दा नालायकी देखिने संस्कृति हाबी छः : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

    1.2K
    Shares
    कानून तोड्दा बहादुरी र मान्दा नालायकी देखिने संस्कृति हाबी छः : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा कानून तोड्दा बहादुरी र कानून मान्दा नालायकी देखिने सांस्कृति हाबी भएको बताउनुभएको छ ।

    मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा कानून मान्नुपर्छ भन्ने संस्कृतिको अभाव रहेको बताउनु भयो । उहाँले कानूनले आफैँलाई फाइदा पु¥याउँछ भन्ने संस्कृतिको विकास गर्न नसक्दा कानून उल्लंघन भइरहेको बताउनु भयो ।

    उहाँले अहिले कानून कति बन्यो र प्रजातन्त्र कता छ ? भन्नेकुरा महत्वपूर्ण नभएको भन्दै कानूनको उपयोग कति भयो भन्नेकुरा बढी महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।  उहाँले कानूनमा ३१ वटा हक लेखेर मात्रै नेपाल हकको धनी नहुने बरु उपभोग गर्न पाएमात्रै हकको धनी हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीसँग ह्याचुअल्ली कानून मान्ने संस्कृति पनि छ । कानून तोड्दा बहादुरी देखिने र मान्दा नालायकी देखिने सांस्कृतिक प्रभाव छ ।

    फिनल्याण्डमा कानून मान्ने कल्चर छ, हामीसँग कानून उल्लंघन गर्ने कल्चर छ । कानूनको शेयर गर्न हामीले सकेका छैनौँ, बुझाउन सकेका छैनौँ । कानून कार्यान्वयनको चरणमा सबैले मान्ने गरी अघि बढाउन सक्नुपर्छ । कानूनले कसैको आवश्यकता नभइ जीवनको आवश्यकता अनुभुति रिफ्लेक्ट भएको कानून बनाउनु पर्छ । कानून मान्ने संस्कृतिको अभाव भएकाले कानून नेपालमा मानेको पाइँदैन । कानून कति बन्यो र हाम्रो प्रजातन्त्र कता छ ? त्यो महत्वपूर्ण छैन ।

    यसको कार्यान्वयन कति भयो भन्ने महत्वपूर्ण हो । कानूनमा ३१ वटा हक लेखेर हामी हकका धनी भएनौँ नि । उपभोग गर्न पाए न धनी भइन्छ । सरकारले भीमकाय ऐनको सूचि बनाउने र बजेट कम गर्ने कुरा बिरोधाभाषपूर्ण हो ।’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सरकारले भीमकाय ऐनको सूचि बनाउने तर बजेट कम गर्ने कुरा बिरोधाभाषपूर्ण रहेको बताउनु भयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend