शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

८ बर्षिय  बाल गायिका दिपिका कँडेलको आवाजमा गीत सार्वजनिक, दिलिप रायमाझीको अभिनय (भिडियो सहित)

८ बर्षिय  बाल गायिका दिपिका कँडेलको आवाजमा गीत सार्वजनिक, दिलिप रायमाझीको अभिनय (भिडियो सहित)

सुनौलो नेपाल/काठमाडौँ  –  लोक तथा दोहोरी गायक मेक्सम खाती र  ८ बर्षिय  बाल गायिका दिपिका कँडेलको आवाजमा ‘मेरी छोरी’ बोलको गीत सार्वजनिक भएको छ।

संगीतकार दीपक कंडेल र मेक्सम खातीको सहकार्यमा नयाँ गीत ‘मेरी छोरी’  सार्वजनिक भएसँगै चर्चा बटुल्न सफल भएको छ । नरेश खातीको शब्द तथा संगीत रहेको उक्त गीतमा बाबाछोरीबिचको माया सम्बन्धलाई कथा बनाईएको छ ।

गीतमा सानी छोरीलाई आमाबाबा दुवैको माया बाबाले दिएर त्यहि छोरीको सहारामा बाँचेको कथालाई मुख्यरुपमा उठान गरिएको छ । बाबाछोरीनै एकअर्काको सहारा र संसार बनेका तर छोरीको बिबाहपछि अर्कैको घरमा जाँदा बाबा एक्लै र छोरीलाईपनि पराई घरमा जान निकै गाह्रो भएको मिठो कथालाई कलाकार दिलिप रायमाझी, टिकटक भाइरल एभेलीना खड्का र दिया जीसिले अभिनयमार्फत् उतारेका छन् ।

गीतमा मेक्सम खाती र माण्डबी त्रिपाठी  र बागलुङकी ८ बर्षिय   बाल गायिका दिपिका कँडेलको आवाज रहेको छ । क्रान्ती केसीको निर्देशन रहेको गीतलाई दिपिका म्युजिकको अफिसियल युट्युवमार्फत बजारमा सार्वजनिक गरिएको हो ।

हेर्नुहोस सो गीतको म्युजिक भिडियो 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend