
काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको बार्षिक साधारण सभा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
संस्थाका संस्थापक तथा रणनितिक सल्लाहकार बसन्तकुमार चौधरी तथा अध्यक्ष राजेन्द्रबहादुर सिहंले संयुक्त रुपमा रजिष्टर्ड कार्यालय थापाथलिमा उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उक्त साधारण सभाले आर्थिक वर्ष २०७९÷८० को मुनाफा बाट २० प्रतिशत बोनस शेयर तथा २२ दशमलब १ प्रतिशत नगद लाभाङ्स (कर सहित) बितरण गर्ने प्रस्ताव समेत पारीत गरेको छ ।
समिक्षा अवधिमा हस्पिटलले आफ्ना बिभिन्न बिभागहरु मार्फत बहिरङ् (ओ.पि.डि.) सेवातर्फ एक लाख ४२ हजार, आई.पी.डी. तर्फ आठ हजार पाँचसय, इमरजेन्सीतर्फ सात पाँचसय बिरामीहरुलाई सेवा प्रदान गरिएको संस्थाका संस्थापक तथा रणनितिक सल्लाहकार बसन्तकुमार चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अस्पतालले हरेक शनिबार निःशुल्क क्लिनिक, उद्धार तथा उपचारका विविध गतिविधिहरु पनि सञ्चालन गरीरहेको छ । यसका साथै उक्त हस्पिटलल अष्ट्रेलियाँका साथ साथै युके भिसाकालागि आवश्यक स्वास्थ्य परीक्षणसमेत गर्न थालेको जानकारी दिइएको थियो ।
समीक्षा अवधिमा हस्पिटलले जम्मा रु १९० करोड आम्दानी गरेको छ भने खुद मुनाफा रु १२ करोड ५४ लाख आर्जन गरेको बार्षिक साधारण सभामा जानकारी दिइएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend