सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मेडिकल व्यवसायी दुर्गा प्रसाईका स्वकीय सचिव विनञ्जय थापा पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईका स्वकीय सचिव विनञ्जय थापा पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईका स्वकीय सचिव विनञ्जय थापालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रसाईका स्वकीय सचिव थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले सुनौलो नेपाललाई जानकारी दिए ।

उनका अनुसार थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् । थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ । सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए ।

पक्राउ परेकाहरुलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend