आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

भोजपुरमा एमाले अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने पक्राउ

भोजपुरमा एमाले अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने पक्राउ

भोजपुर । भोजपुरको सदरमुकाम बजारमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् ।
पहिचान पक्षधरहरुले नेकपा एमालेको संकल्प यात्रामा बुधबार भोजपुर पुगेका अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन् ।

पहिचान पक्षधरहरुले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका छन् । कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनता समाजवाद नेपालका सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मञ्जु राई जिल्ला सदस्य दिनेश राई , धिरज राई, मणि राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबङु राई र विकास रहेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend