काठमाडौँ । आक्र्स ग्रुपले चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान नेपाली बजारमा भित्राउने भएको छ । नेपाली बजारको आवश्कता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई ध्यानमा राख्दै आक्र्स ग्रुपले नेपाली बजारमा हाइलोङ ब्राण्डको विद्धुतीय माइक्रो भ्यान भित्राउन लागेको हो ।
मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा सञ्चालन गर्न अत्यन्तै व्यावहारिक हुने १४ सिट क्षमता रहेको माइक्रो भ्यान नेपाली बजारमा छिट्टै उपलब्ध हुने आक्र्स ग्रुपले जनाएको छ ।
हाइलोङ अटोमोबाइल ब्राण्डका गाडीहरू चीनलगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएको छ ।
४५ वर्षदेखि नेपालको विभिन्न क्षेत्रमा गतिशील व्यावसायिक समूहको रुपमा स्थापित रहँदै आएको आक्र्स ग्रुप हाइलोङको स्थानीय साझेदार रहने छ ।
आक्र्स ग्रुपसँग अटोमोबाइल क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ ।