logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • विभिन्न हातहतियार सहित दुई जना पक्राउ

    विभिन्न हातहतियार सहित दुई जना पक्राउ

    1.8K
    Shares
    विभिन्न हातहतियार सहित दुई जना पक्राउ

    ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिका, १ त्रिवेणी भन्ने जंगलबाट विभिन्न हातहतियारसहित सोही गाउँपालिका, १ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाका आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले उनीहरूलाई दुई नाले भरुवा बन्दुक १ थान, एक नाले भरुवा बन्दुक १ थान, खुकुरी १ थान, मृगको सिङबाट बनेको गुलेली १ थान, मारेको कालिज १ वटा र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरूसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend