logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • भक्तपुरमा अपहरणमा परेकी बालिकाको ३६ घण्टापछि उद्धार, १ जना पक्राउ

    भक्तपुरमा अपहरणमा परेकी बालिकाको ३६ घण्टापछि उद्धार, १ जना पक्राउ

    5.7K
    Shares
    भक्तपुरमा अपहरणमा परेकी बालिकाको ३६ घण्टापछि उद्धार, १ जना पक्राउ

    काठमाडौँ । भक्तपुरमा अपहरणमा परेकी दुई वर्ष पाँच महिनाकी बालिकाको ३६ घण्टापछि उद्धार भएको छ । नेपाल प्रहरीको टोलीले सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्यांकीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।

    काठमाडौँ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका बालिकाका अभिभावकसँगै रहेकी उनलाई गएको मंगलवार चिया खान आएका व्यक्तिले लगेको उजुरीपछि खोजी थालिएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको संयुक्त टोलीले ३६ घण्टापछि हिजो बिहीवार भक्तपुरबाट ती बालिकाको उद्धार गरी अभिभावकलाई बुझाएको हो । बालिका अपहरणको आरोपमा एक जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend