शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्धारा राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्धारा राजीनामा

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् ।

खनाल २०७६ साल साउन ९ गते प्राधिकरणको अध्यक्ष भएका थिए । उनको कार्यकालमा दूरसञ्चार प्राधिकरणमा उल्लेख्य सुधारका कामहरु भएका कर्मचारीहरु बताउछन् ।

प्राधिकरण सुधारका लागि खनालको योगदान उच्च रहेको बताइएको छ । उनको कार्यकालमा प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिद गरिएको थियो । आगामी साउन महिना सम्म कार्यकाल रहे पनि खनालले राजीनामा दिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend