logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक सरकार आत्तिएर ल्याएको होइन : मन्त्री शर्मा

    संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक सरकार आत्तिएर ल्याएको होइन : मन्त्री शर्मा

    1.4K
    Shares
    संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक सरकार आत्तिएर ल्याएको होइन : मन्त्री शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सरकारले आत्तिएर नल्याएको बताउनुभएको छ ।

    बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संशोधन विधेयक प्रधानमन्त्री डराएर वा सरकार आत्तिएर नल्याएको स्पष्ट पार्नुभयो । उहाँले यसमा सहमति खोज्न कुनै गाह्रो नभएको जिकिर गर्नुभयो ।

    उहाँले ०६६ को मुल ऐनले काम नगरेकाले ०७७ को अध्यादेश र ०७९ को अध्यादेश आएको बताउनु भयो । उहाँले सरकारले ल्याएको संशोधन विधेयक विगतको भन्दा लोकतान्त्रिक रहेको जिकिर गर्नुभयो । उहाँले अहिले आउँदा अध्यादेशमा सहित र मात्रै फरक रहेको बताउनु भयो । संवैधानिक परिषद्मा निर्णय गर्दा अध्यक्षसहितको बहुमत, अध्यक्ष र ५० प्रतिशत भन्ने शब्द मात्रै फरक रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘०६६ को मुल ऐन पनि हामीसँगै छ । ०७७ को अध्यादेश पनि छ, ०७९ को अध्यादेश पनि छ । यो ०७७ को अध्यादेश र ०७९ को अध्यादेश मैले तात्विक फरक देखिनँ । ०७७ मा अध्यक्षसहितको बहुमत भनेको छ, त्यो पनि अध्यक्ष बाहेकको भन्ने कल्पना त्यहाँ पनि गरेन । अध्यक्ष नभएर पनि निर्णय गर्न सकिन्छ भन्ने कल्पना त्यहाँ पनि गर्न सकेन ।

    अहिलेकोमा अध्यक्ष र ५० प्रतिशत भन्दाखेरि अध्यक्षसहितको कल्पना यसले पनि गरेको छ, तर बहुमत भन्दा माथि गयो यो । यो अझ बढी प्रजातान्त्रिक भयो की, अझै बढी लोकतान्त्रिक भयो की ? भन्ने मेरो बुझाइ छ । मुल ऐनमा फर्कियौँ की भन्ने जुन कुरा उठेको छ । मुल ऐनले त हिजो पनि समस्या पैदा ग¥यो, त्यसकारण अध्यादेश आयो, ०७७ कै अध्यादेशबाट नियुक्ति भएका अधिकांश संवैधानिक पदाधिकारीहरु अहिले पनि हुनुहुन्छ ।

    सम्भवतः त्यो बेलामा अफ्ठ्यारा नपरेको भए मुल ऐनले काम गरेको भए त्यो बेलामा पनि अध्यादेश आउने थिएन होला । मुल ऐनले अफ्ठ्यारो भयो भन्ने त जस्टिफाइ नै भइसक्यो नि । अहिले आउँदा अध्यादेशमा सहित र र यही दुई वटा शब्द फरक हो । अध्यक्षसहितको बहुमत, अध्यक्ष र ५० प्रतिशत । यहीँनेर हो फरक हो ।

    अहिले र आउँदा स्वेच्छाचारी र सर्वसत्तावादी हुन खोजेको भन्ने अर्थ लाग्ने, अध्यक्षसहित भन्दा त्यो नलाग्ने कसरी हुन्छ । यो तीन कुरैलाई सँगै राखेर सहमति खोज्न सकिन्छ । यसमा प्रधानमत्री डराएर, यसको निकास खोज्ने कुरा कुनै गाह्रो छैन, यसमा निकास निस्किनुपर्छ ।

    अहिलेका प्रधानमन्त्रीले म नै सधैँका लागि प्रधानमन्त्री हुन्छु भन्ने सोचेर यो अध्यादेश ल्याएको विषय होइन । सरकार आत्तिएर यो विधेयक ल्याएको छैन । सहमति नै खोजेर जाऔँ ।’ मन्त्री शर्माले अहिलेका प्रधानमन्त्रीले आफू नै सधैँका लागि प्रधानमन्त्री हुन्छु भन्ने सोचेर अध्यादेश नल्याएको बताउनुभयो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend