आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बाँसबारी छाला जुत्ता कारखाना प्रकरण : अजितनारायण थापा पनि पक्राउ

बाँसबारी छाला जुत्ता कारखाना प्रकरण : अजितनारायण थापा पनि पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा तत्कालिन अध्यक्ष अजित नारायणसिंह थापालाई पक्राउ गरेको छ ।

थापालाई बत्तिस पुतलीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । यो प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा एक कमिटी गठन गरेको थियो ।

सोही कमिटीले अनुसन्धान गर्दा उनीहरु दोषी पाईएपछि पक्राउ गरेको स्रोतले बतायो । पक्राउ परेकाहरु सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी सहित थापालाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।

उनीहरु विरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउनका लागि अदालतबाट म्याद लिन लागिएको बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend