logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको सफल प्रत्यारोपण गर्ने डाक्टर भन्छन “अब नेताहरुले पनि नेपालमै उपचार गर्नुपर्छ हामी सक्षम छौ”

    प्रधानमन्त्रीको सफल प्रत्यारोपण गर्ने डाक्टर भन्छन “अब नेताहरुले पनि नेपालमै उपचार गर्नुपर्छ हामी सक्षम छौ”

    4.1K
    Shares

    सुनौलो नेपाल – प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मृगौला प्रत्यारोपण गरेका डाक्टरहरु उत्साहित बनेका छन्।

    प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डाक्टरहरुले भने “बहालवाला प्रधानमन्त्रीले देशका डाक्टरहरुलाई बिश्वास गरेर देशमै उपचार गर्ने निर्णय गर्नु नै नेपाली डाक्टरहरुका लागी गर्वको बिषय हो।   विश्वमा राष्ट्र प्रमुखको मृगौला प्रत्यारोपण गर्ने अवसर बिरलै आउछन  त्यो सौभाग्य हामीले पायौ हामी खुसी छौ जिम्मेवारी थपिएको आभास गरेका छौ अब प्रधानमन्त्री मात्र हैन देशका अन्य नेताले पनि देशमै उपचार गर्नुपर्छ त्यसको लागी हामी सक्षम छौ।

    नेपालमा जस्तो  पनि उपचार हुन् सक्छ भन्ने सन्देश प्रवाह भएको छ। अब सरकारले पनि यसलाई थप व्यवस्थित गर्न अझै सहयोग गर्छ भन्ने अपेक्षा राखेका राखेका छौ उनीहरुले भने।

    साथै प्रधानमन्त्री पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिदै स्वास्थ्यमा उल्लेख्य सुधार आएको र अबको केही दिनमा अस्पतालले डिस्चार्ज हुने बताए।

    ‘डिस्चार्ज गर्दा पनि हुन्छ । प्रधानमन्त्रीज्यू पनि घर जान चाहानुहुन्छ । तर घरमा पनि केही तयारी गर्नुपर्ने भएकाले हतारमा डिस्चार्ज नगरिएको मात्रै हो’, डाक्टर शाहको भनाइ छ । ‘यसै दिन डिस्चार्ज गरिन्छ भनेर अहिले मिति नै तोक्नु उपयुक्त हुँदैन । तर स्वास्थ्य अवस्था हेर्दा केही दिनभित्र डिस्चार्ज गर्न सकिन्छ । यद्यपी जोखिमको खतरा धेरै हुने भएकाले धेरै केयर गर्न जरुरी छ’ प्रधानमन्त्रीको निजी चिकित्सक प्रा डा दिव्या सिंहले भन्नुभयो ।

    हेर्नुहोस सो कार्यक्रमको पुरा भिडियो


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend