logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • नेपाल वेयर हाउजिङको दुई चिस्यान केन्द्र निर्माणधिन, एक वर्षमा सञ्चालनमा आउने

    नेपाल वेयर हाउजिङको दुई चिस्यान केन्द्र निर्माणधिन, एक वर्षमा सञ्चालनमा आउने

    2.1K
    Shares
    नेपाल वेयर हाउजिङको दुई चिस्यान केन्द्र निर्माणधिन, एक वर्षमा सञ्चालनमा आउने

    काठमाडौँ । कृषिजन्य उत्पादनको भण्डारणका लागि निम्बस ग्रुपले प्रवद्र्धन गरेको नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको दुई खाद्यान्न भण्डार केन्द्र एक वर्षभित्र सञ्चालनमा आउने भएको छ ।

    सुनसरीमा रहेको भण्डारण सञ्चालनमा आइसकेको छ । यस्तै पर्सामा रहेको भण्डारणको काम सकिएको छ । कपिलवस्तुमा रहेको भण्डारण निर्माण जारी छ ।

    सन् २०२४ को अन्तिममा सञ्चालनमा आउने नेपाल वेयर हाउजिङले जनाएको छ । सुनसरीको भण्डारण कूल क्षमताको ३० प्रतिशतमा मात्र चलिरहेको छ । पर्साको भण्डार असोजसम्म सञ्चालनमा आउने अनुमान गरिएको छ ।

    ३ स्थानमा भण्डारण केन्द्रहरु बनेपछि वेयर हाउजिङको कुल क्षमता ५५ हजार टन पुग्ने छ । कम्पनीले प्रदेश नम्बर १ को सुनसरीको गढी गाउँपालिका २ स्थित औरावनीमा भण्डारण गृह बनाइ २०७८ चैत २० गते सञ्चालनमा ल्याइसकेको छ ।

    यसको भण्डारण क्षमता १५ हजार टन छ । यस्तै मधेस प्रदेशको पर्सामा कम्पनीको २५ हजार टन खाद्यान्न भण्डारण गर्ने क्षमता छ ।लुम्बिनी प्रदेशको कपिलवस्तुमा १५ हजार टन क्षमताको भण्डारण केन्द्र निर्माणाधीन अवस्थामा छ ।

    भण्डारण पूर्वाधार निर्माणको काम एक वर्ष ढिलाइ भएको नेपाल वेयर हाउजिङले जनाएको छ । कम्पनीले खाद्यान्न भण्डारण गृहमार्फत कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु प्रमुख उद्देश्य रहेको बताएको छ ।

    मुलुकको सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महत्वका सहरहरुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषिजन्य वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

    मुलुकको ३ स्थानमा ५५ हजार टन खाद्यान्न भण्डार गर्न निर्माण र निर्माणधिन चिस्यान केन्द्र पूर्वाधार बनाउन १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । कम्पनीले ९४ करोड रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ ।

    कम्पनीले सन् २०२२ को सुरुवातदेखि नै ऋणको भुक्तानी सुरु गरिसकेको जानकारी दिएको छ । तर ऋणको ब्याज महंगो भएकाले सञ्चालन आम्दानी ऋणात्मक भएको कम्पनीले जनाएको छ ।

    भण्डारण बनाउन आवश्यक ऋणको व्यवस्थापन एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू हाल ग्लोबल आइएमई बैंक र कृषि विकास बैंकको सहवित्तीयकरणमा गरिएको छ ।

    कुल जारी पुँजीको २० प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ प्राथमिक निष्कासन (आइपिओ) बाट जुटाउने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको छ ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्कासन गरिसकेको छ।

    कम्पनीको चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँ छ । कम्पनीले २०२४ को पहिलो त्रैमाशमा ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्ष ३० लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

    नेपाल वेयरको संस्थागत र व्यक्तिगत गरी २३ संस्थापक लगानीकर्ता छन । कम्पनीमा सबैभन्दा बढी स्वामित्व निम्बस ग्रुपको छ । निम्बसको ३० प्रतिशत हिस्सा छ । निम्बसको प्रोबायोटेक इन्डस्ट्रिज लिमिटेडको २२ प्रतिशत हिस्सा छ ।

    अन्य लगानीकर्तामा एनएमबी बैंकको ३, नेपाल इन्फ्रास्ट्रक्सचर बैंक (निफ्रा) को ७ प्रतिशत सेयर छ । निफ्राले कम्पनीमा ५ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गरेको छ ।

    शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ प्रतिशत स्वामित्व छ । सन् २०१७ मा स्थापना भएको कम्पनी २०१८ मा आएर आइपिओ निष्कासन गर्न पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । उद्योगले धान, मकै र गहुँजस्ता खाद्यान्न बढी उत्पादन हुने तराईका क्षेत्रमा भण्डारण स्थापना गरिरहेको छ ।

    कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पुरा गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend