
काठमाडौं। अरेट इन्टरनेसनलले टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा ल्याएको छ। बिहीबार एक समारोहका बीच अरेटले टेस्लाको नयाँ भर्सन सार्वजनिक गरेको हो। यसको मूल्य १ करोड ३५ लाख रुपैयाँ छ।
टेस्लाले पहिलो पटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको यो मोडल थ्री लक्जरी इलेक्ट्रिक कार वर्गमा उत्कृष्टमा परेको छ।टेस्ला थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुनेमध्येको मोडल बनेको छ। ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्रीको रिफ्रेस भर्सन भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार कारमा फराकिलो ३६० डिग्रीको दृश्य देखिने मुनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बियन्ट लाइट, भेगन सिट, फ्युचरिस्टिक बडी डिजाइन, सुरक्षा फिचर र बाहिरी अनावश्यक साउन्ड रुफ क्याबिनको कारण नयाँ मोडल थ्रीले विश्वभर लोकप्रिय बनेका दाबी कम्पनीको छ।
यसैगरी पहिलो पटक कुलिङसहितको भेन्टिलेटेड सिट रहेको नयाँ भर्सनमा प्रयोग गरिएको सिट म्याटेरिएल पनि पूर्ण रुपमा क्याक्टसबाट निर्मित, दाग प्रतिरोधी लेडर छ। एरो डायनामिक र वाटर सिंक रुफसहितको विशेषता रहेको यो कारले सुरक्षा दृष्टिकोणमा अन्तर्राष्ट्रिय एनएचटिसिएबाट ५ स्टारको रेटिङ प्राप्त गरेको जनाएको छ।
कारको कालो, सेतो र काठको कलरबाट सजिएको भित्री भागमा निकै स्लिम डिजाइनमा बनेको ड्यासबोर्ड पाउन सकिन्छ। ड्यासबोर्डमा दिइएको १ सय ५४ इन्चको इन्फर्मेसन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सकिने जानकारी कम्पनीले दिएको छ।
नयाँ मोडलमा कुनै पनि बटम ड्यास बोर्डमा छैन। कि गियर पनि डिजिटल नै उपलब्ध हुनेछ। गियर सिफ्टिङ, इन्डिकेटर प्रयोगलगायत प्रणालीसमेत डिजिटल रुपमा उपलब्ध रहेकाले यसको इन्टेरियर अझ फराकिलो र सुन्दर बनेको छ।
पछाडि बस्ने यात्रुका लागिसमेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यो मोडलमा पाउन सकिने कम्पनीले जनाएको छ। सबै लाइट एलइडी रहेको कारमा १९ इन्चको अलोय ह्वील दिइएको छ। यो कार रातो, कालो, नीलो, सेतो र खरानी कलरमा उपलब्ध हुनेछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend