logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाली चलचित्र काँडेतार आइतबारदेखि देशभर प्रदर्शन बन्द गरिने

    नेपाली चलचित्र काँडेतार आइतबारदेखि देशभर प्रदर्शन बन्द गरिने

    4.1K
    Shares
    नेपाली चलचित्र काँडेतार आइतबारदेखि देशभर प्रदर्शन बन्द गरिने

    काठमाडौँ । नेपाली चलचित्र काँडेतार टिमले भोलि (आइतबार) देखि देशभर प्रदर्शन बन्द गर्ने भएको छ ।

    हल सञ्चालकबाट काँडेतार फिल्म प्रदर्शनमा असहयोग भएको भन्दै सो चलचित्रका निर्माता तथा निर्देशक नवल खड्काले आईतबारदेखि देशभर प्रदर्शन बन्द गर्ने घोषणा गरेका हुन् । शनिबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त चलचित्र बन्द गरिने जानकारी दिइएको थियो ।

    देशभक्तिपूर्ण भावनाको फिल्म काँडेतार गत शुक्रबारदेखि प्रदर्शनमा आएको थियो । त्यसअघि खड्काले आफू निर्देशित फिल्म ‘काँडेतार’लाई फागुन २५ गते एकल प्रदर्शन गर्न दिन भन्दै चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए । तर सोही मितिमा ‘काँडेतार’ सहित ‘उपहार’ र ‘रंगेली’ पनि रिलिज भएका थिए ।

    खड्काको निर्देशन तथा अभिनय रहेको फिल्म काँडेतारले सीमा अतिक्रमणको मुद्दा उठाएको छ । नेपालको सीमा मिचेर भारतले मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ ।

    यसअघि आवाज, दशगजा र भीमदत्तजस्ता देशभक्ति कथावस्तुमा फिल्म बनाएका खड्काको यो पछिल्लो फिल्मले नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गरेको छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend