logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • हतकडीसहित भागेका थुनुवा पक्राउ गर्न खोज्दा प्रहरी जवानको मृत्यु

    हतकडीसहित भागेका थुनुवा पक्राउ गर्न खोज्दा प्रहरी जवानको मृत्यु

    3.9K
    Shares
    हतकडीसहित भागेका थुनुवा पक्राउ गर्न खोज्दा प्रहरी जवानको मृत्यु

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुना कक्षबाट भागेका थुनुवा पक्राउ गर्न खोज्दा लडेर एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत कैलालीको कैलारी गाउँपालिका घर भएका सोहन चौधरी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय पछाडिको भागबाट हाम फालेर महाकालीमा पौडी खेलेर २३ वर्षीय उमेश कुँवर भागेका थिए ।

    उनी महाकाली नगरपालिका–१ दहका स्थायीवासी हुन् । हतकडीसहित हाम फालेका कुवरसँगै प्रहरी जवान चौधरी पनि हुत्तिएर भीरबाट लडेका थिए। टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान चौधरीको जिल्ला अस्पताल पुर्याउँदा मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए ।

    हाम फालेर ती थुनुवा भारततिर पुगेका थिए । त्यस क्रममा महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले नेपालबाट भागेर गएका निजलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको थियो ।

    भागेर गएका कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका जवान चौधरी भिरमा खसेर गम्भीर घाइते भएका थिए । गम्भिर घाइते चौधरीको केहि समयपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend