logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • मस्को हमला : चार जनाविरुद्ध अदालतमा मुद्दा सुरु

    मस्को हमला : चार जनाविरुद्ध अदालतमा मुद्दा सुरु

    793
    Shares
    मस्को हमला : चार जनाविरुद्ध अदालतमा मुद्दा सुरु

    एजेन्सी । रुसले मस्कोको कन्सर्ट हलमा कम्तिमा १३७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा चार संदिग्ध आक्रमणकारीविरुद्ध मुद्दा चलाउन थालेको छ ।

    सबै संदिग्धहरुलाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा ल्याइएको थियो, जसमध्ये एक ह्वीलचेयरमा थिए । सबैलाई आतंकवादको आरोप लगाइएको छ ।

    यी चार अभियुक्तहरुको नाम दलर्दजोन मिर्जोएभ, सैदाक्रामी मुरोदली रचाबलिजोडा, शम्सिदिन फरीदुनी र मुहम्मदसोबिर फैजोभ रहेको जानकारी दिइएको छ । सार्वजनिक भएको भिडियोमा प्रहरीले तीन जना अभियुक्तलाई आँखामा पट्टी बाँधेर रुसको राजधानीस्थित बासमेनी जिल्ला अदालतमा लैजाँदै गरेको देखिन्छ । सबै अभियुक्त घाइते अवस्थामा छन् ।

    इस्लामिक स्टेट समूहले शुक्रबार क्रोकस सिटी हलमा आक्रमण गरेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेको छ । यसैबिच रुसी अधिकारीहरूले यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन् । तर युक्रेनले यी दाबीहरूलाई खारेज गरेको छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend